Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साथी-साथीबीच झगडा: हतियार प्रहार गरी घाइते बनाउने दुई पक्राउ

काठमाडौं। महानगरीय प्रहरी प्रभाग बलम्बुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी टुसाल चोक बस्ने ३७ वर्षीय प्रभु कृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जन रहेका छन्।

उनीहरुले झापा दमक नगरपालिका-४ घर भई चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

मंगलबार होटलमा खाजा खाने क्रममा साथी-साथीबीच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर गरिएको प्रहरीले बताएको छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077