काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ‘पहले आप,पहले आप’ भन्दै आस्चर्य ब्यक्त गरेका छन्।
पछिल्लो समय प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्द खनिदै आएका अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘पहले आप,पहले आप’ भन्दा भन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! भनेका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गएको उल्लेख गरेका छन्।
सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो भन्दै भट्टराईले यो वा उ बहानामा भाग्ने गल्ती नगर्न आग्रह गरेका छन्।
उनको ट्वीट जस्ताको तस्तै ‘पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ ! सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो ! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं !
https://twitter.com/brb1954/status/1374287408724733953