Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घाइते सहचालकको हत्या गरी कालिगण्डकीमा फालेर ट्याक्टर चालक बेपत्ता, एक पक्राउ

स्याङजा। दुर्घटनामा घाइते सहचालकको अस्पताल लगेर उपचार गराउनुपर्नेमा उल्टै  हत्या गरी नदीमा फालेको आरोपमा प्रहरीले ट्याक्टरका सहचालक सुनिल रानालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेको आरोप लागेका ट्याक्टर चालक अमित परियार भने फरार भएका छन्।

घटना, गत चैत्र ५ गतेको हो। चैत्र ५ गते  राती ८ बजे  गल्याङ नगरपालिका वडा नं.९ पारीचौरस्थित बेलचौर -साँखर कच्ची सडक खण्डमा गल्याङ नगरपालिका वडा नं. ८ बस्ने  अमित परियारले साखँर कालिगण्डकी घाटदेखि ढुङ्गा लोड गरी  लु.अ.अ.फ. १०२० नं. (अस्थायी नं) को ट्याक्टर चलाएका थिए।

सोही ट्याक्टर दुर्घटनामा पर्‍यो । ट्याक्टरले किची घाइते भएका सहचालक गणेश गाहालाई उपचार गराउन अस्पताल लैजानुको ट्याक्टर चालक अमित परियार र  अर्का सहचालक  सुनिल रानाले घाइते सहचालक गाहालाई नदीमा फालेर बेपत्ता बनाएको आरोपमा दुबै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

घाइते गाहालाई ट्याक्टरमा  साखँर घाट कालिगण्डकी नदीमा लगेर फालेको  सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत सहितको टोली खटिई खोजतसाल गर्दा वेपत्ता गणेश गाहा फेला नपरेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होमिन्द्र बोगटीले वताए।

घटनामा संलग्न रहेको आरोप लागेका ट्याक्टरका सहचालक सुनिल रानालाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर 'कर्तव्य ज्यान' मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको एसपी  बोगटीले जनाए।

फरार ट्याक्टर चालक अमित परियारको खोजी कार्य थालिएको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको पनि उनले वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077