Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दाङमा स्कुल बस पल्टिँदा एकको मृत्यु, ३० जना घाइते

दाङ । दाङमा आज बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० घाइते भएका छन् ।

दाङको कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १५ की १८ वर्षिया सम्झना केसीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस नम्बर खुलेको छैन। चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077