Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नयाँबसपार्कबाट चितुवाको छालासहित चार जना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु मापेदुधकोशी-८ घर भई हाल काठमाडौँ नयाँबसपार्क बस्ने ३३ बर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ्ग-७ घर भई हाल काठमाडौँ नयाँबसपार्क बस्ने ३३ बर्षीय गोपाल थापामगर, सोलुखुम्बु मापेदुधकोशी-३ घर भई हाल काठमाडौँ चाबहिल बस्ने ३२ बर्षीय एकप्रसाद राई र उदयपुर कटारी-६ घर भई हाल काठमाडौँ नयाँबसपार्क बस्ने २८ बर्षीय निशान्त कुमार रहपाल रहेका छन्।

आइतबार दिउँसो गोप्य सुचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई काठमाण्डौको नयाँबसपार्क मित्रनगर एरियाबाट पक्राउ गरिएको हो।

उनीहरु बसेको मित्रनगर ऐश्वर्य मार्गको प्रभु चरण पाहुना घरको २०४ नं कोठामा चेकजाँच गर्दा लम्वाई ६ फिट २ ईन्च र चौडाई २२ ईन्च भएको चितुवाको जस्तो देखिन छाला १ थान फेला परेको महाशाखाले जनाएको छ।

पक्राउ परेका उल्लेखित ब्यक्तिहरुलाई दशीसहित आज आवश्यक थप कारवाहीको लागि डिभिजन बन कार्यालय, हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077