Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हात छाडेर बाइक कुदाउँदा मण्डलको मृत्यु

राजविराज ।  हात छाडेर तिब्र गतीमा कुदाएको मोटरसाइकल सप्तरीको राजविराजमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल हात छाडेर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको स्थानीयवासीले बताए। मोटरसाइकल पछाडी सवार हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

घाइते दुबै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा विवेकको मृत्यु भएको र कौशल घाइते रहेको प्रहरीले जनाएको छ। टाउको र छातिमा चोट लागेर घाइते भएका कौशलको अवस्था समेत गम्भिर छ। उनलाई उपचारका लागि विराटनगर पठाईएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

शव पोष्टमार्टमका लागि राजविराजस्थित अस्पतालमा राखिएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोष्ट तेतरी गाछी, राजविराजको नियन्त्रणमा छ ।- अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077