Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको झलनाथ खनालको आरोप

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठकमा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति पनि केपी शर्मा ओली नै भएको बताएका छन् ।

विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए ।

वरिष्ठ नेता खनालले ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको पनि आरोप लगाए । पार्टीले प्रधानमन्त्री बनाएपछि पार्टी बिर्सेको दाबी गरे । ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटको क्याबिनेट बनाएको आरोप उनको छ ।

उनले संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको बताए ।

ओलीको गलत विचारको कारणले एकता टुट्दै गइरहेको बेलामा अदालतको निर्णयले एकता भंग गरिदिएको नेता खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077