Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो

लमजुङ । मनाङको  खोत्रोमा भएको ट्रक दुर्घटनामा  मृतक संख्या छ पुगेको छ ।

शनिबार लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, उनको बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाको छोरा अन्दाजी ६-७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

सहचालक मस्र्याङदी गाउँपालिका ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ ओडारका २८ बर्षीय धनमान विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो । नेपाली र विश्वकर्मालाई उपचारका लागि बेंसीसहरको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो ३ः२० बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा ट्रक खसेको प्रनाउ खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077