Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाका यी १५ स्थानमा आज दिनभर बत्ति जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज (शनिबार) राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्दैछ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

आज बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ ।

यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ ।

पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।

प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077