Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट प्रश्नपत्र आउट गरेको भन्दै ५जनालाइ पक्राउ गरिएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनीहरुले फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी, फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै पक्राउ परेकाहरुको नाम भने गोप्य राखेको जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात सबैको नाम सार्वजनिक गरिने डिएसपी मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077