Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मोस्ट वान्टेड दुगड उद्योगका निर्देशक बैंकिङ कसुर मुद्दामा पक्राउ

    मोस्ट वान्टेड दुगड उद्योगका निर्देशक बैंकिङ कसुर मुद्दामा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई पक्राउ गरेको छ ।

    निर्देशक दुगडलाई कालिमाटी क्षेत्रबाट बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    दुगडलाई उनको ताहाँचलस्थित घरबाट कालिमाटी वृतले पक्राउ गरेर कमलपोखरीमा बुझाएको परिसरका एसपी रमेश बस्नेतले बताए ।



    पक्राउ परेका दुगड कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक पनि हुन् ।

    व्यापारी दुगडले खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा जाहेरी परेको थियो ।

    गत माघ १९ गते उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेले दुगड र सरिता प्रधानबिरुद्व पक्राउ पुर्जी जारी गरेकी थिइन् ।

    दुगड पाँच लाख ३७ हजार बिगो बराबरको कसुरमा मोस्ट वान्टेड रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार