Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीलाई टक्कर दिँदै नेपाल पक्षका सांसदहरुको ललितपुरमा भेला

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्दै छ।

हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे दलको बैठक बोलाएका थिए । तर, पार्टीकै नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले बुधबार पत्रकार सम्मेलन गरेर ओलीले डाकेको बैठकमा जान नसक्ने तर मिति परिवर्तन गरे सहभागी हुने जनाएका थिए।

खनाल नेपाल पक्षको भेला आज पनि जारी छ। त्यसो त खनाल-नेपाल पक्षले आफू निकटका सांसदहरूको छुट्टै भेला आजकै लागि बोलाएको छ।

आज ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077