Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - २० महिनापछि दुई तिहाईसहित सिंहदरवार फर्किन्छौं

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् ।

शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।

केही नेताहरू 'केपी ओलीलाई हटाउनुपर्‍यो, विकासको लहर ल्यायो, विकास नगर्ने प्रधानमन्त्री ल्याउनुपर्‍यो' भन्दै विभिन्न ठाउँमा निवेदन हाल्न गइरहेको ओलीको आरोप थियो । 'हामीबाहेक अर्को देशलाई सही ढंगले नेतृत्व दिने न पार्टी छ न कुनै नेता छ । सोच नै छैन त्यस्तो । कुनै नेताको वक्तव्यमा, भाषणमा विकास छ ?' उनले भने ।

ओलीले देशको विकास र जनताको समस्या समाधानका लागि आफूले राजनीति गरेको बताए । उनले भने ‘हामी राजनीतिक प्राणी हौँ, हाम्रो गन्तव्य सत्ता, सत्ता, सत्ता होइन, हाम्रो गन्तव्य देशको विकास, जनताको समस्या समाधान गर्दै अगाडि बढ्ने हो ।’

ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।

यस्तै, प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलगायतलाई संकेत गर्दै भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइदैंन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077