Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'प्रचण्ड–माधवको ओलीसँगको सहकार्य बाँदरलाई मकैबारीको गोठालो बनाए जस्तै'

काठमाडौँ। प्रत्येक दिन सामाजिक सञ्जालमा सरकारको कहिले पक्ष त कहिले विपक्ष, कहिले समर्थन त कहिले असमर्थन गरिरहने व्यक्ति हुन् - लेखक खगेन्द्र संग्रौला ।

कहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालय उद्घाटनको निम्ता त कहिले माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'लाई हारेको जुवाडेको संज्ञा दिने लेखक संग्रौला सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन् ।

वर्तमान राजीतिक परिवेशलाई जग बनाएर तीखो बाँण हान्न खप्पिस संग्रौलाले एमाले नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका प्रचण्डमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेको कदमलाई लिएर ट्वीट गरेका छन्।

उनले लेखेका छन् , बाँदरलाई मकैबारीको गोठालो बनाएर सर्पलाई दुधले पोस्दा निस्कने नतिजा पीके र माकुने सरलाई देखाइदिए त ओली सरले ! अब ओली सरले अख्तियार,सम्पत्ति शुध्दीकरण र हेगको तरबार चलाउन बेर छैन । आइन्दा पीके माकुने सर कि त सत्य र न्यायको राजीतिमा कि ओलीकृत नरकबासमा, बीचको बाटो छैन। चेतना भया !

https://twitter.com/belakoboli/status/1370535425949921285

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077