Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

'एमालेको झापा विद्रोह र विप्लवको मुद्दा खारेज हुन्छ भने रेशम चौधरीको किन हुँदैन ?'

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता समीकरणमा आफ्नो पार्टीले राखेको मागको सम्बोधन नभएको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले आफुहरुको मागलाई वेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमार्फत् भट्टराईले आपत्ति जनाएका हुन् ।

अध्यक्ष्य भट्टराईले ट्वीट गर्दै उल्लेख गरेका छन्, 'रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन !'

यस्तै, उनले एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो ! कुनै भ्रम नरहोस् !"

https://twitter.com/brb1954/status/1370415739283251202

प्रतिनिधिसभामा चौथो ठुलो दल रहेको जसपाले नयाँ सरकार गठन र सत्ता समिकरणको लागि विभिन्न मागहरु राख्दै आएको छ । जसपाको मागमा रेशम चौधरीको रिहाइलगायत संविधान संशोधन गर्नु पर्ने रहेका छन् ।

पछिल्लो समय जसपा माओवादी केन्द्रसँग छलफलमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077