Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री : खगेन्द्र संग्रौला

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालयको उद्घाटन गर्न निम्ता दिने लेखक खगेन्द्र संग्रौलाले ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री भइरहने रहेको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री ओलीलाई सरको संज्ञा दिँदै उनको अन्तिम इच्छा ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ भन्ने लागेको बताएका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, 'ओली सरमा उर्लिएको उदारता,गाँठ्ठे! जसपाको महन्थ गुटको समर्थन पाउन रेशम चौधरी लगायतको रिहा, संविधान संशोधन र मागेजति रोज्जा मन्त्री पद । ओली सरको अन्तिम इच्छा - ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ,मौसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन् !

https://twitter.com/belakoboli/status/1370171847740813319

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077