Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल बर्खास्त

काठमाडौं । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गर्ने नेपाली सेनाका सहायक रथी बर्खास्तीमा परेका छन् ।

दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक मुख्यालयले जनाएको छ ।

यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।

कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।

उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् ।

जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

कोर्ट अफ इन्क्वायरीले उक्त आरोप पुष्टि भएको जानकारी दिएपछि मुख्यालयले कार्कीसहित तीनै जनालाई बर्खास्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077