Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको उपाध्यक्ष बन्दै बादल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा 'बादल' नेकपा एमालेको उपाध्यक्ष हुने खबर बाहिर आएको छ। बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो समूहमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई एमालेमा सम्मानजनक स्थान दिने तयारी थालेको स्रोतले बताएको छ।

बुधबार प्रतिनिधिसभा बैठक सकिए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै एमालेका उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका नेताहरूलाई उचित स्थान दिने बताए। 'उहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर साथ दिनुभयो हाम्रो पार्टीले सम्मानजनक स्थान दिन्छ', पौडेलले भने।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पूर्वमाओवादी केन्द्रका सांसदहरू उनको पक्षमा उभिएका थिए। उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन् ।

पूर्वमाओवादीका गृहमन्त्री थापासहित प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077