Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

मोरङ। नेपाल कम्युनिष्ट पार्टी विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।

उनलाई मोरङको पथरीशनिश्चरे-१० का १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो।

गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ स्थित बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077