काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमसँग महासचिव विष्णु पौडेलले भेट गरेका छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सोमबार भैसेपाटीस्थित गौतमको निवासमा पौडेल पुगेका हुन् ।
आइतबार अदालतको फैसलाबाट एमाले ब्यूँतिएपछि थप मजबुत बनेका गौतमलाई फकाउन पौडेल पुगेको उनीनिकट स्रोतले जनाएको छ ।
अदालतको फैसलाले दलको अवस्था के हुने, आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेको स्रोतले बताएको छ ।
गत पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका थिएनन् ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसलापछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन् ।
नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णयखारेज गरेसँगै साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमाले पुन: छुट्टिएका छन् ।
Leave a Reply