Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले प्रधानमन्त्री हुन पार्टी एकताको नाटक रचेको प्रचण्ड पुत्रीको खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पुत्री गंगा दाहालले प्रधानमन्त्री हुनकै लागि केपी शर्मा ओलीले पार्टी एकताको नाटक रचेको खुलासा गरेकी छिन् ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै प्रचण्ड पुत्री दाहालले सामाजिक सञ्जालमा प्रधानमन्त्री हुन कै लागि ओलीले पार्टी एकताको नाटक रचेको खुलासा गरेकी हुन् ।

उनले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको समेत बताएकी छन् ।

दाहालले लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

ओलीलाई चेतावनी दिँदै उनले नेपाली जनताले यसको हिसाब राख्ने बताएकी छिन् ।

प्रचण्डको निजी सचिवालयमा कार्यरत गंगा प्रचण्डकी कान्छी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077