Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा नाम नपाएपछि प्रचण्डले गरे यस्तो टिप्पणी

काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गरेका छन् ।

आइतबार सर्वोच्चले नेकपा नामको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै प्रचण्डले अदालतको फैसला सोचेभन्दा फरक आएको टिप्पणी गरेका हुन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रियाका क्रममा उनले उक्त टिप्पणी गरेका छन् ।

प्रचण्डले भने, 'सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।'

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेसँगै केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077