Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पर्यटन विकास आयोजनाका सवइन्जिनियर घुस लिएको आरोपमा पक्राउ

काठमाडौं । घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ परेका छन् ।

बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा लामिछाने कार्यालय परिसरबाटै पक्राउ परेका हुन्।
पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077