Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हतियार बुझाउने चौंथो बुँदा खोइ ? कांग्रेस प्रवक्ता शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेत्रविक्रम चन्द विप्लवबीचको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोप्रति आपत्ति जनाएका छन्।

शुक्रबार सरकारले विप्लवसँग तीनबुँदे सहमतिमा हस्ताक्षर गरेसँगै शर्माले भनेका छन्, 'प्रचण्ड आउँदा 'खोलाले बगायो' थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ?

सहमतिलाई स्वागत गर्दै शर्माले यस प्रश्नको जवाफ सिंगो मुलुकले नै खोजिरहेको बताए ।

नेपाली राजनीतिमा ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड । 'रेड बुक', नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पूरै कम्युनिष्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न-कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?

सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077