Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवसँगको वार्ताको नयाँ अध्याय, एकै दिन दुई चरणको वार्ता

काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीच एकै दिन दुई चरणको वार्ता भएको छ ।

बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

उनले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको पनि उनले दाबी गरेका छन् । वार्ता सकारात्मक निष्कर्षमा पुग्ने भट्टराईले उल्लेख गरेका छन् ।

वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले भनेका छन्, 'नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव०ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।'

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता सकारात्मक रहेको सरकारले दाबी गरेको थियो ।

एकैदिन दुई चरणको वार्ता हुनु चासोको बिषय रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077