Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

संसदीय दलको नेताबाट ओलीलगायत शीर्ष नेताहरुलाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको आज बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ओलीसमूहका शीर्ष नेताहरुलाई हटाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।

त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई हटाएको छ ।

त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, महेश बस्नेत, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको चौलागाईले जानकारी दिए

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077