Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूचना पाएर नै प्रधानमन्त्रीले 'सुरक्षा थ्रेट'बारे बोलेको महेश बस्नेतको दाबी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै उक्त कुरा बोलेको दाबी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले  भने,‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’

बस्नेतले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, उनले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।

यद्धपी उनले प्रधानमन्त्री ओलीलाई देशभित्रबाट वा बाहिरबाट रु कहाँबाट सुरक्षा थ्रेट छ?  भन्ने कुरामा आफू अपडेट नभएको स्पष्ट पारे । उ

आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने पनि नेता बस्नेतले दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे ।

बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077