नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक सोमबार राति आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका १५ का ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।
गम्भीर घाइते दुवै चालकको जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा दुवै ट्रकका सहचालक घाइते भएका छन् ।
घाइते हुनेमा तनहुँको बन्दीपुरका १८ वर्षीय विश्वास शाही र दाङको बबई ६ का घनश्याम खड्का छन् । दुवैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।