Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओली आज मोरङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाँदै छन्।

उर्लाबारीमा उनले एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली आइतबार गृह जिल्ला झापा गएका थिए भने सोमबार पोखरा गएका थिए । त्यसअघि ओली कञ्चनपुर गएका थिए ।

ओलीले उर्लाबारीमा जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरीका लागि बस्ती निर्माण गर्दैछन् । सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा उक्त बस्ती निर्माण गरी सक्ने लक्ष्य छ।

पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा बढी सहभागी हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077