Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रक्षा मन्त्रालयसमेत कब्जा गरेर बसेका प्रधानमन्त्री ओलीलाई कसले दियो सुरक्षा थ्रेट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा निकायहरु नै अचम्मित भएका छन्। ।

रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा आफूमाथि शारीरिक हमला हुनसक्ने वताएका थिए।  । सेना, प्रहरी, सशस्त्र सबै सुरक्षा निकाय प्रधानमन्त्रीकै मातहत हुन्छन् । तर उनले आफूलाई असुरक्षित मात्र होइन, ज्यानै लिनेसम्मको आक्रमण हुनसक्ने अभिब्यक्ति दिएका छन् ।

प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले तीन तहको सुरक्षा घेरा राखिएको छ, जुन उच्च सुरक्षा घेरा हो ।

उच्च सुरक्षा घेरामा रहने प्रधानमन्त्री ओलीले कसरी असुरक्षित महसुस गरे ?  उनीमाथि साँच्चिकै सुरक्षा थ्रेट भएको हो कि जनताको सहानुभूति लिन उनले प्रोपोगान्डाका लागि यस्तो अभिब्यक्ति दिएका हुन् ?  अन्यथा उनी कोबाट असुरक्षित छन् ? उनले सुरक्षा ब्यवस्थाप्रति नै विश्वास नगरेका हुन् ?

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवर भन्छन्–‘राष्ट्रको कार्यकारीको सुरक्षामा कुनै कमी हुने कुरा हुनै सक्दैन ।’

प्रधानमन्त्रीले आफू असुरक्षित भएको र ज्यानै तलमाथि हुनसक्छ भनी दिएको अभिब्यक्तिका बारेमा कुँवरले भने–‘यसमा मैले केही भन्न मिल्दैन ।’

नेपाल प्रहरीका अर्का पूर्व डीआइजीले प्रधानमन्त्री ओलीको अभिब्यक्तिलाई जनताको सहानुभूति लिने गोयबल्स शैलीका रुपमा लिएका छन् । यदि यो थ्रेट साँच्चै महशुस भएको हो भने यसलाई गम्भीरतापूर्वक उच्च सुरक्षा संयन्त्रमा राखिनुपथ्र्यो । तर सुरक्षा निकायमा राख्नुको साटो सस्तो लोकप्रियताका लागि सुरक्षाजस्तो गम्भीर बिषयमा हल्का टिप्पणी गरी प्रधानमन्त्रीले जनताको सहानुभूति लिन खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077