Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् ।

आइतबार बिहान उनी यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेका हुन् ।

ओलीलाई विमानस्थलमा प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसार्इं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

आज प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नेछन् । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्रीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटी शिलान्यास गर्ने कार्यक्रम रहेको थापाले बताए ।

प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077