Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेढ लाख रुपैयाँमा भिजिट भिसाको सेटिङ

काठमाडौं । अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने पाइँदैन ।

सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।

विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउन कसरी सकिन्छ त ? यसका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि भने नेपाली नागरिकको यात्रा अगाडि बढ्छ । त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्।

विमानस्थलमा हुने यस प्रकारको सेटिङलाई बन्द गरी भिजिट भिसामा सहजै यात्रा गर्न सकिने नयाँ नियम आउन लागे पनि नियम नआउँदासम्म भने विना सेटिङ विमानस्थलबाट यात्रुले यात्रा गर्नसक्ने अवस्था छैन । अध्यागमन विभाग प्रमुख रमेशकुमार केसीले ‘अब नयाँ नियम आएपछि भिजिट भिसामा यात्रा गर्न सहज हुनेछ’ भन्छन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077