Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियार प्रमुख भन्छन् - प्रतिशोध र पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदैन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताएका छन् ।

उनले तथ्य र प्रमाणको आधारमा मात्र भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने प्रतिबद्धता जनाए ।

शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम नहुने पनि उल्लेख गरे।

प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने दाबी गरे ।

राईलाई बधाई दिन पुगेका काठमाडौं महानगरपालिका २९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँग यस्तो बताएका हुन् ।

२९ वडाका अध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका अध्यक्ष ईन्द्रसुर राई तथा, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका कार्यक्रम संयोजक मोहन कुमार डाँगीले राईलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077