Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बर्खास्तपछि गुरुङले भने - राजिनामा दिनुपर्ने ओलीले सचेतक नियुक्ति गरेर अनैतिक काम गरे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा नेता देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि नेता गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता गुरुङले राजीनामा दिनुपर्ने बेलामा प्रधानमन्त्री ओलीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम  गरेको भन्दै आलोचना समेत गरेका छन् । उनले ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको समेत बताए ।

ओलीमा एकातिर संसद सिध्याउने अनि फेरि संसदको बारेमा चिन्ता गर्ने अचम्मको शैली रहेको गुरुङको भनाइ छ ।

आफैले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनस्स्थापना गरेकाले ओलीमा यस्तो अधिकार नरहेको गुरुङको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077