Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नयाँ सरकारको चहलपहल शुरु हुँदा चीन र भारतका राजदूत देउवा निवासमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए ।

ओली इतरको नेकपाले कांग्रेस र राजपासँग मिलेर सरकार गठन गर्ने तयारी थालेको छ । तर, कांग्रेसले भने नेकपा विवाद नमिलेसम्म सरकारमा नजाने संकेत देखाएको छ ।

यस्तो अवस्थामा नेपालका लागि चिनियाँ र भारतीय राजदूतले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

बिहीबार अपरान्ह फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग् भेट गरेको स्रोतको दावी छ ।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

नयाँ सरकार गठनको चहलपहल शुरु हुनु र राजदूतहरुले कांग्रेस सभापतिलाई भेट्नुलाई संयोगमात्र मान्न नसकिने कांग्रेसका नेताहरु नै बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्।

नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077