Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विवाद नटुंगिएसम्म नेकपासँग सहकार्य हुन्न : कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकारको चर्चा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपनि बाध्यात्मक परिस्थिति सृजना गरेर राजीनामा गराउने प्रचण्ड–माधव पक्षको तयारी छ ।

यता, केपी शर्मा ओली भने नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको तयारीमा छन् । तर, नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।

बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन नसक्ने निर्णय गरेको नेपाली कांग्रेसका एक नेताले बताए ।

जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077