Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकको नेतृत्व फेरि पनि ओलीको वरिपरी घुम्ने महेश बस्नेतको दाबी

काठमाडौं।  नेपाल नेपाल कम्युनिस्ट पार्टीका ( नेकपा) का महेश बस्नेतले मुलुकको नेतृत्व फेरि पनि प्रधानमन्त्री केपी ओलीको वरिपरी घुम्ने बताएका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई बुधवार सम्बोधन गर्दै  बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने बताएका हुन ।

नेकपाका अध्यक्षद्धय प्रचण्ड- माधवलाई संकेत गर्दै बस्नेतले  अबको राजनीतिक विकल्प भनेको काँग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा  बन्ने बताए ।

काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीलाई नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना रहेको बस्नेतले बताए।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077