Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीका सल्लाहकारद्वारा सर्वोच्चको फैसलाबिरुद्द अभिव्यक्ति, मानहानीमा कारवाहीको माग

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त  फेसलाबिरुद्द अभिव्यक्ति दिएका छन्।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने आवाज उठिरहेको बेला ओलीले तत्काल राजीनामा नदिने थापाले बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस् लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् । 'प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,' थापाले लेखेका छन् ।

थापाले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फेसलालाई विवास्पद समेत भनेका छन् । उनले थापाले यसका दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गरेका छन् । थापाले लेखेका छन्, 'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।'

सर्वोच्च अदालतको फेसलाबिरुद्द अभिव्यक्ति दिएका थापामाथि सर्बोच्चको मानहानी गरेको भन्दै सामाजिक सन्जालमा उनीमाथि कारवाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077