Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

काठमाडौं । सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम जाने भएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो।

पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न नसकिने जनाएपछि उक्त औद्योगिक क्षेत्रको काम अलपत्र परेको थियो।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम जान लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077