Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले अख्तियारले  उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

रिसालका अनुसार घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077