Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भदौमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय, केन्द्रीय कार्यसमितिको म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले २०७८ साल भदौ ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव गरेका महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गरेको हो ।

प्रस्तावमा केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौँमा गर्ने उल्लेख थियो ।

आजको बैठकले कांग्रेसको विधानको धारा निलम्बन गरेर केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णय पनि गरेको छ ।

यही फागुन १९ गते केन्द्रीय कार्यसमितिको म्याद समाप्त हुँदै थियो । त्यसलाई बढाएर थप ६ महिना कार्यकाल लम्ब्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077