Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोबाइल र गरहरना लुट्न वृद्धाको हत्या, चितवन आएको केही दिनमै एसपीले सार्वजनिक गरे अभियुक्त

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले  लामो समयपछि एक वृद्धाको हत्याका आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले भरतपुर महानगर –९ की ७४ वर्षीया बाबाहजुर थापालाई  गत असोज ७ गते हत्या गरेको आरोपमा सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेको हो ।

पटके चोरी संलग्न हुदै आएकी मकवानपुर थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया विकलाई लामो अनुसन्धानपछि  फागुन २ गते  प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार उनले चोरीका लागि हत्या गरेको वयान प्रहरीलाई दिएकी छन्।

चोरीमा संलग्न हुदै आएकी विक जिल्लामा पटक -पटक पक्राउ गर्दै छाडिएको रेर्कड छ ।

पक्राउ परेकी विकले वृद्धा घरमा एक्लै रहेको थाहा पाएपछि मोबाइल र गरहरना लुटपाट गर्न  हत्या गरेको स्वीकार गरेको एसपी अधिकारी उल्लेख गरे ।

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा विकलाई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077