Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्रीसँग जापानी राजदूतको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन् ।

राजदूत साइगो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुङ्गा सुरुङलगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका थिए ।

आगामी दिनमा यी दुई घनिष्ट मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे ।

त्यस्तै राजदूत साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077