Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ लाख ९० हजार घुससहित चारजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर रहेका छन् ।

अख्तियारको टोलीले उनीहरुलाई १ लाख ९० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077