Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

खोप खरिदमा अग्रिम भुक्तानी दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी उक्त कम्पनीले मागेपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार यही समस्या समाधान गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077