Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले आज तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं । आफू दोस्रो पटक प्रधानमन्त्री बनेको तीन वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।

सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ ।

त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077