Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीलाई वर्षमान पुनको प्रश्न – कोरोनाले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ?

तेह्रथुम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले कोरोना भाइरस (कोभिड–१९) को महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् ।

संसद् विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने र त्यो खर्च कोरोनाले थलिएको नेपालले धान्न नसक्ने बताए ।

पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो । निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिँडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077