Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्रोत नखुलेको लाखौं रकमसहित सडकका हाकिम कोठी वनबाट पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेतलाई ४ जना स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित नियन्त्रणमा लिएको छ ।

निमित्त कार्यालय प्रमुख श्रेष्ठ स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिई गएको टोलीले चारै जनालाई पक्राउ गरेको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमा निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव–इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर रहेका छन् ।

आयोगले गाडी नं. वाग्मती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा मिति माघ २९ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077