Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालले भने- केपी ओलीसँग अब बयलगाडा मात्रै बाँकी छ

धनकुटा । नेकपा प्रचण्ड- माधव  समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई आफ्नो स्वार्थबाहेक कसैको चिन्ता नभएको वताएका छन्।

ओलीलाई पार्टी भावना, सामूहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको नेपालले आरोप लगाए।

शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘आफ्नै सन्तान कुसन्तान बने, ओली देउता होलान् भन्ठानेको थिएँ, दानव पो रहेछन्।’

नेता नेपालले यो लडाइँ लोकतन्त्र बचाउ र संसद प्रतिनिधिसभा पुनस्र्थापना गराउने पक्षको लडाइँ भएको दाबी गरे ।

नेता नेपालले थप भने, 'ओलीले देश डुबाए, उनलाई गरिब, मजदुर, बेरोजगार र समाजवादको चिन्ता छैन। ‘प्रचण्ड-नेपाल जहाँ छन् त्यही नेकपा आधिकारिक हो। प्रचण्ड-नेपाल जहाँ छन् सूर्य चिह्न त्यहीको हुन्छ। ओलीको चिह्न त वयलगाडा हो,उनीसँग अब वयलगाडा मात्रै बाँकी छ ।

विरोधसभामा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुन, केन्द्रीय सदस्य रामुकुमारी झाँक्री, हेमराज भण्डारी, नेकपा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्य लगायतले बोलेका थिए।

बिरोधसभामा बोल्दै नेता पुनले असंवैधानिक रुपमा बिघटन गरिएको प्रतिनिधिसभा पुर्नस्थापनाबाहेक अरु कूनै बाटोबाट लोकतन्त्र बहाली र संविधानको रक्षा नहुने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077