Online Nepal
  • बुधबार, २ माघ २०८१
  • युवा संघमा महेश बस्नेतको यसरी भयो पराजय

    युवा संघमा महेश बस्नेतको यसरी भयो पराजय

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 6.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा युवा नेता महेश बस्नेतले देशब्यापी रुपमा सभा र जुलुुस गर्दैै आएका छन् ।

    ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि महेश बस्नेत सक्रिय रुपमा चुनावको पक्षमा माहोल बनाउँदै तराईदेखि विकट हिमाली जिल्लाहरुमा समेत कार्यक्रम आयोजना गर्दै चुनावको पक्षमा वातवरण बनाउन लागेका छन् ।



    ओली समूहमा अहिले सबैभन्दा बढि खट्ने नेतामा बस्नेतको नाम अग्रपंक्तिमा आउँछ । तर, नेकपा ओली समूहमा उनको मूल्यांकन भने त्यति नभएको देखिएको छ ।

    युवासंघको सोमबार सम्पन्न भेलाले बस्नेतको भावनाविपरित बचनबहादुर सिंहलाई अध्यक्ष चयन गरेको छ ।

    ओली निकट युवाहरुको भेलाले तत्कालिन युवासंघका सचिव सिंहलाई अध्यक्ष चयन गरेपछि बस्नेतको योजना तुहिएको छ ।

    बस्नेत किरण पौडेललाई अध्यक्ष बनाउने पक्षमा थिए । तर, निवर्तमान अध्यक्ष रमेश पौडेललगायतको समूहले किरणको नाम नलिएपछि सिंह अध्यक्ष हुन पुगे ।

    बस्नेतले किरणलाई अध्यक्ष बनाउन उनका समर्थकहरुलाई होहल्ला र हुटिङ गराए । रमेश पौडेललगायतका विरुद्ध नाराबाजी समेत भयो । मञ्चमै हातपात गर्न युवाहरु पुगेपछि स्थिति असहज बनेको थियो ।

    किरणको पक्षमा महेश बस्ननेतले गराएको त्यस्तो हर्कतले नै उनी रक्षात्मक हुन पुगे र, सिंहले बाजी मारे । जसकारण किरण सह–अध्यक्षमै चित्त बुझाउन बाध्य भए ।

    तत्कालिन एमाले निकट युवा संघका उपाध्यक्ष रहेका किरण आफूभन्दा तल्लो पदमा रहेका बचन सिंहलाई अध्यक्ष मान्न बाध्य भएका छन् ।

    महेश बस्नेतको पछि लाग्दा किरण पौडेल अध्यक्ष हुन नपाएको महसुस गरिरहेका छन् । युवा संघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले विवादित पृष्ठभूमिका पर्शुराम बस्नेतलाई युवा संघबाट विदा दिन भने सफल भएका छन् ।

    कुनै बेला नङ र मासु जस्तो सम्बन्ध भएका महेश र पुर्शुरामबीच पछिल्लो समयमा महाशत्रुतपूर्ण सम्बन्ध छ । महेश बस्नेतलाई मन्त्री बन्न नदिन पर्शुराम ठूलो समूह लिएर प्रधानमन्त्री ओलीकहाँ पुगेका थिए ।

    पर्शुरामलाई महेश बस्नेतका विरुद्ध प्रयोग गर्ने काम भने ७० करोड घुस लिएको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा दिएका नेता गोकुल बास्कोटाले गरेका छन् ।

    सोमबार ललितपुरको तुल्सीलाल अमात्य स्मृति भवनमा भएको ओली निकट युवासंघको भेलाले सिंहलाई अध्यक्षमा चयन गरी ५५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार